राष्ट्रियसभाका १९ सदस्यको बिदाइ २० गते, नयाँको शपथ २१ गते

नेपालभ्युज

राष्ट्रियसभाका १९ सदस्यको बिदाइ २० गते, नयाँको शपथ २१ गते

काठमाडौँ – राष्ट्रियसभामा ६ वर्षे कार्यकाल पूरा गर्ने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १९ सांसदको बिदाइ  फागुन २० गते हुने भएको छ।

यस्तै, राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको  संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार शपथ ग्रहण समारोह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा  राखिएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन पनि आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved