प्रहरीले हटायो संसद् भवनको सडकपेटीमा टाँगेको डोरी (तस्वीर)

प्रहरीले हटायो संसद् भवनको सडकपेटीमा टाँगेको डोरी (तस्वीर)

काठमाडौं । प्रहरीले संघीय संसद् भवन नयाँ बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटाएको छ ।

व्यापक जनदबाबसँगै सडकपेटी पैदलयात्रुको लागि खुल्ला गरिएको हो ।

सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि अहिले हटाएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

सोमबार लघुवित्तका ऋणीहरु संसद् भवन परिसरमा प्रवेश गरेका थिए । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएको थियो ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै संसद् भवन बानेश्वर, सिंहदरबार, बालुवाटारलगायतका ठाउँको सडकपेटीमा लगाएको डोरी टाँगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved