कलेजका लडाकु फिल्मका एक्सन हिरो

नेपालभ्युज

कलेजका लडाकु फिल्मका एक्सन हिरो

काठमाडौं ।  बलिउडमा अहिले स्थापित अधिकांस कलाकारले ९० को दशकमा रंगिन दुनियामा प्रवेश गरेका थिए । अक्षय कुमार, शाहरुख खान, सलमान खान, अजय देवगन र सैफ अली खान लगायत धेरै कलाकार ९० को दशकमा आएका हुन् ।

अजय देवगनले सन् १९९१ मा फिल्म ‘फूल और काँटे’ बाट बलिउडमा डेब्यु गरेका थिए ।


अजय देवगन फिल्मी करियर सुरु गर्नु भन्दा पहिले धेरै चकचके र लडाकु स्वभावका थिए । एक दिन अजय देवगनले मुम्बईमा कसैसँग झगडा गरे । लडाईमा अजय देवगनले पनि नराम्रो गरि कुटाइ खाए ।

आफुले कुटाई खाएपछि बदला लिन अजयले २ सय लडाकु उतारेका थिए । यो कथा अजय देवगनले अन्तर्वाताका क्रममा सेयर गरेका छन् । अजय देवगनले जी टिभीको एउटा कार्यक्रममा यो कथा सुनाएका थिए ।

अजयको एउटा गाडी थियो । जसमा उनीहरु आफ्ना साथीसँग रमाइलो गर्न हिड्ने गर्थे । एक दिन कारमा अजयसँगै साजिद खान पनि बसेका थिए । मुम्बईको एक इलाकामा अजयको कार कसैसँग ठोक्कियो । दुर्घटनापछि कोलोनीका मानिसहरूले अजयलाई घेरेर आक्रमण गर्न थाले ।

उनले त्यहाबाट उम्किन ग्याङ्ग नै बोलाउनु परेको थियो । एकै चोटी २ सय लडाकु आएको देखेपछि अजयलाई घेर्ने स्थानीयहरु भगाभाग भए । अजय देवगन कलेज दिनमा यस्तै दादागिरी गरेर सबैलाई तह लगाउदै हिड्न रमाउथे । ग्याङ्ग फाइट र झगडालु आचरणका कारण अजय कलेजमा पनि निकै चर्चित थिए ।

उनीसँग जो सुकैले बोल्ने आँट सम्म गर्दैन थिए । अजयले कलेजमा धेरै पटक मानिसहरूलाई कुटेका छन् ।

तिनै कलेजका लडाकु फुल और काँटेबाट एक्सन हिरोका रुपमा स्थापित भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved