अलार्म बज्दा पनि खुलेन निद्रा ? अपनाउनुहोस् यस्ता पाँच तरिका

नेपालभ्युज

अलार्म बज्दा पनि खुलेन निद्रा ? अपनाउनुहोस् यस्ता पाँच तरिका

एजेन्सी । कहिलेकाँही हामी निद्रामा बिहान अलार्म पनि सुन्न सक्दैनौं र उठ्न ढिला हुन्छ । पटक पटक यस्तो कोसिस गर्दा पनि उठ्न एकदमै गाह्रो हुन्छ ।

यसका लागि केही उपाए अपनाउनुभयो भने तपाईं बिना अलार्म पनि छिटो उठ्न सक्नुहुनेछ ।

  • यदि तपाईं अलार्म लगाएर सुत्दा पनि बिहान उठ्न सक्नुहुन्न भने यसका लागि कोठाको बत्ती बालेर सुत्न सक्नुहुन्छ । यसो गर्नाले निद्रा खुल्नेछ ।
  • यदि तपाईं रातमा भारी भोजन गरेर सत्नुहुन्छ भने बिहान उठ्न समस्या हुन सक्छ । त्यसैले साँझको खाना अलिकति थोरै तथा हल्का खानुहोस् ।
  • मोबाइलको धेरै प्रयोग गर्दा निद्रामा समस्या हुन्छ । जसले गर्दा तपाईं सुत्न ढिला हुन्छ र बिहान उठ्न सक्नुहुन्न ।
  • बिहान उठ्न कुनै कारण खोज्नुहोस् । यसले सजिलो हुन्छ । बिहान उठेपछि केही काम छैन भनेर पनि कतिपयको सुतिरहने बानी हुन्छ ।
  • यदि तपाईंलाई निद्रा आउन समस्या छ भने मेडिटेशन गर्नुहोस् । यसले राम्रो निद्रा लाग्छ र बिहान उठ्न पनि समस्या हुँदैन ।
  • आफूलाई जतिबेला पनि क्रियाशील तथा व्यस्त राख्नुहोस् । यसो गर्नाले बिहान छिटो उठ्ने बानी पर्नेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved