‘जवान’ भन्दा भव्य फिल्म बनाउने तयारीमा एटली

नेपालभ्युज

‘जवान’ भन्दा भव्य फिल्म बनाउने तयारीमा एटली

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानले सन् २०२३ मा तीन ब्लकबस्टर फिल्म दिएका छन् जसमा एउटा फिल्म ‘जवान’ पर्छ ।

एटली कुमारको निर्देशनमा बनेको फिल्म जवानले बक्स अफिसमा धेरै रेकर्ड बनाएको छ ।

एटली कुमारले धेरैपटक आफू शाहरुख खानको ठूलो प्रसशंक रहेको र सधैं उनीसँग फिल्म बनाउन चाहेको बताउने गर्थे ।

जवान फिल्म हिट भएपछि हालै एक कार्यक्रममा उनले शाहरुखसँग फेरि काम गर्ने बताएका छन् ।

उनले भने, “मलाई शाहरुखका सबै फिल्म मन पर्छ । मेरा लागि उनी संसारभरमा भारतीय सिनेमाको अनुहार हुन् । शाहरुखसँग काम गर्नु एउटा सपना थियो । सौभाग्यले मेरो पाँचौं फिल्ममा उनीसँग काम गर्ने मौका मिल्यो ।”

एटली कुमारले शाहरुख खानसँग फेरि काम गर्ने प्रश्नको जवाफमा भने, “म जवान भन्दा पनि अझै राम्रो विषय लिएर आउनेछु र उनीसँग अवश्य जान्छु । यदि शाहरुखलाई मन पर्‍यो भने अवश्य हामी दुई फेरि एकपटक काम गर्नेछौं । मलाई थाहा छ उनले मलाई एकदमै प्रेम गर्छन् । म एकपटक फेरि आउनेछु जब जवानभन्दा पनि राम्रो विषय खोज्नेछु । म एकदमै तपाईंलाई भेट्न आउनेछु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved