दाँत यसरी सफा गर्नुहोस् मोती जसरी चम्किनेछन्

नेपालभ्युज

दाँत यसरी सफा गर्नुहोस् मोती जसरी चम्किनेछन्

एजेन्सी । मोती जस्ता सेता दाँतले अनुहारको सुन्दरतामा सुनमा सुगन्ध बनाउँछ । त्यहीँ दाँत पहेंला तथा दुर्गन्ध आउने खालको भयो भने लज्जाको अवस्था पनि सिर्जना हुन सक्छ ।

तपाईं घरमै बसेर बिना कुनै खर्च दाँतलाई चम्काउन सक्नुहुन्छ । घरमै भएका चिजबाट कसरी दाँत चम्काउने भन्ने आज जानौं ।

चारकोल अर्थात अंगार वा कोइलाले दाँतको पहेंलोपन तथा दाग कम गर्छ । कोइलाले मुखमा भएका ब्याक्टेरिया तथा विषाक्त पदार्थबाट पनि छुट्कारा दिन सक्छ ।

तपाईं अंगारलाई प्रयोग गरेर दाँत चम्काउन सक्नुहुन्छ । यसका लागि अंगारमा नुन, बेसार, पुदिनाको पात, बाइकार्ब सोडा मिसाएर दाँत सफा गर्नुपर्छ । यसले केही दिनमै दाँत मोती जस्ता सेता बनाउनेछ ।

तपाईंले तयार गरेको मिश्रणलाई ब्रसमा लगाएर थोरै पानी राखेर दाँतलाई सफा गर्नुहोस् । यसको प्रयोग तपाईंले हप्तामा तीनपटक गर्न सक्नुहुन्छ ।

यसले मुखलाई डिटक्सीफाई गर्छ । यसका साथै दाँतलाई प्राकृतिक रुपमै चम्किलो बनाउन पनि सहयोग गर्छ । यसले क्याविटी पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved