बलिउड अभिनेत्री जसले लेखेका छन् किताब

नेपालभ्युज

बलिउड अभिनेत्री जसले लेखेका छन् किताब

एजेन्सी । कतिपय बलिउड अभिनेत्री त्यस्ता पनि छन् जो अभिनयबाहेक अन्य काममा पनि प्रतिभाशाली देखिएका छन् । त्यस्तै प्रतिभा मध्ये एक लेखक बन्नु पनि हो । यहाँ केही अभिनेत्रीहरुका बारेमा जानौं जसले आफ्नो फिल्मी करिअरमा किताब पनि लेखेका छन् ।

शिल्पा शेट्टी

शिल्पा शेट्टीले दुईवटा किताब लेखेर प्रकाशित गरिसकेकी छन् । उनले एक किताब ‘द ग्रेट इन्डियन डाइट र अर्को ‘डायरी अफ ए डोमेस्टिक डीवा’ नामक किताब लेखेकी छन् ।

करीना कपूर खान

करीना कपूरले पनि आफू गर्भवती भइसकेपछिको अनुभवलाई साझा गर्दै किताब लेखेकी छन् । उनले ‘पे्रग्नेन्सी बाइबल’ नामक किताब प्रकाशित गरेकी छन् ।

करिश्मा कपूर

त्यस्तै करिश्मा कपूरले पनि आफूले मातृत्वका क्रममा गरेका अनुभवलाई लिएर किताब लेखिसकेकी छन् । उनले माधुरी बनर्जीसँग मिलेर ‘माई यम्मी मम्मी गाइड’ नामक पुस्तक लेखेकी छन् ।

ट्वींकल खन्ना

ट्वींकल खन्ना त्यस्ती अभिनेत्री हुन् जो अभिनयलाई छोडेर लेखन तथा पढाईमा आफ्नो जीवनलाई मोडिन् । उनले ‘मिसेज फनीबोन्स’, ‘लेजेन्ड अफ लक्ष्मी प्रसाद’ र ‘पजामा आर फरगिविंग’ जस्ता अत्यधिक विक्री भएका किताबहरु लेखिसकेकी छन् ।

सोहा अली खान

सैफ अलि खानकी बहिनी अभिनेत्री सोहा अली खानले पनि ‘द पेरिल्स अफ बीइंग माडरेटली’ नामक एउटा किताब लेखेकी छन् ।

सोनाली बेन्द्रे

क्यान्सर जस्तो रोगलाई जित्न सफल भएकी नायिका सोनाली बेन्दे्र पनि लेखिका हुन् । उनले ‘द मोडर्न गुरुकुलः माई एक्सपेरिमेन्ट्स विद पेरेंटिग’ नामक पुस्तक लेखिसकेकी छन् ।

मनीषा कोइराला

अर्की क्यान्सर विजेता अभिनेत्री मनीषा कोइरालाले पनि आफ्नो क्यान्सरको अनुभवलाई लिएर किताब लेखिसकेकी छन् । उनले ‘हील्ड : हाउ क्यान्सर गेव मी ए न्यू लाइफ’ नामक किताब लेखिसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved