२८ जिल्लाका मिटरब्याज पीडितहरू हिँडेरै न्याय खोज्न काठमाडौं आउँदै

नेपालभ्युज

२८ जिल्लाका मिटरब्याज पीडितहरू हिँडेरै न्याय खोज्न काठमाडौं आउँदै

काडमाडौं । नेपालको पूर्वी र पश्चिमी क्षेत्रबाट सुरु भएको मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोली धादिङ आइपुगेको छ ।

तराईका २० जिल्ला र भित्री मधेशका ८ जिल्लाका गरी २८ जिल्लाका पीडितहरू अहिले पैदलै हिँडेर न्याय खोज्न काठमाडौं आइरहेका हुन् ।

लत्ताकपडा र झोला भिरेर सयौँ किलोमिटरको राजमार्गमा पैदल यात्रा गरिरहेका मिटरब्याज र लघुवित्तपीडितले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटरव्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको पीडितहरू सुनाउँछन् ।

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । ‘सरकारले कानुन बनायो, जाँचबुझ आयोग बनायो तर पीडित मिटर ब्याजबाट मुक्त भएनन्’ समितिका अध्यक्ष अवधेश कुस्पाहाले भने ।

गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म सार्वजनिक समेत नगरेकामा पीडितहरू आक्रोशित भएका छन् । सरकारले बनाएको कानुन र आयोगले न्याय नदिएका कारण काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य भएको मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved