वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू

नेपालभ्युज

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू
वीरगञ्जमा जारी अनिश्चितकालीन कर्फ्यू आदेशपछिको अवस्था

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा अनिश्चिचतकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना निकालेर साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।

रौतहटमा गत शनिबार मूर्त‍ि सेलाउनेक्रममा दुई पक्षबीच झडप भएकाे विरोधमा समाज समर्थकले सोमबार वीरगन्जमा प्रदर्शन गर्दै बजार क्षेत्र बन्द गराएका थिए । सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ । कर्फ्यू आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved