देउवा-थापाबीचको संवाद निष्कर्षविहीन, पुन: बस्ने

नेपालभ्युज

देउवा-थापाबीचको संवाद निष्कर्षविहीन, पुन: बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीचको संवाद बिना निष्कर्ष टुङ्गिएको छ ।

यसअघि दुईपटक बसेर संवाद गर्दासमेत सहमति नजुटेपछि सोमबार बिहान पनि उनीहरूबीच देउवानिवास बूढानीलकण्ठमा संवाद भएको थियो । तर, निष्कर्ष निस्केन ।

आजदेखि गोदावरीमा सुरू हुने महासमिति बैठकमा पेश हुने साङ्गठनिक प्रतिवेदनमा महामन्त्री थापाले आवधिक निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बुँदा राखेका छन् ।

त्यसमा सभापति देउवा सहमत हुन सकेका छैनन् । उनले जसरी पनि उक्त बुँदा हटाउनुपर्ने बताएका छन् भने महामन्त्री थापा हटाउन नहुने अडानमा छन् ।

यसपछि उनीहरू महासमिति बैठक उद्घाटन भएपछि पुन: बस्नेगरी उठेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved