किसान मोर्चाद्वारा भारत बन्दको आव्हान, दिल्लीसहित अधिकांश राज्यमा सुरक्षा व्यवस्था कडा

नेपालभ्युज

किसान मोर्चाद्वारा भारत बन्दको आव्हान, दिल्लीसहित अधिकांश राज्यमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । संयुक्त किसान मोर्चालगायतका किसान संगठनले आज ग्रामिण भारत बन्दको आव्हान गरेका छन् । किसानको मागको समर्थन गर्दै संयुक्त किसान मोर्चाले  भारत बन्दको घोषणा गरेको हो ।

सरकारसँग तीन चरणसम्म भएका वार्ता निश्कर्षविहिन भएको भन्दै ग्रामिण भारत बन्दको आव्हान गरिएको किसान मोर्चाका नेता जगजीत सिंह डल्लेवालले बताए ।

किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने अन्य संगठनलाई पनि भारत बन्द गर्न अपिल गरेको छ । किसानको मागमा समर्थन जनाउदै देशभरका केही श्रमिक संगठनले पनि साथ दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, कृषि ऋण मिनाह हुनुपर्ने लगायतका माग राख्दै किसानहरु आन्दोलित भएका हुन् ।

बन्दका कारण आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् ।  बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।

बन्दमा सहभागी हुन दिल्लीतर्फ आएका पञ्जाबका किसानलाई हरियाणामा रोकिएको छ । उनीहरुलाई दिल्ली प्रवेशमा रोक लगाउन सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए ।

प्रहरीले अश्रु ग्याँस प्रयोग गरेर किसानको भिडलाई राजधानी प्रवेशमा रोक लगाएका भिडियो फुटेजहरु सार्वजनिक भएका छन् ।

किसानको आन्दोलनका कारण राजधानी दिल्लीलगायत धेरै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दिल्ली प्रशासनले आन्दोलनकारीलाई दिल्ली प्रवेशमा निषेध गर्न सुरक्षाकर्मीको तैनाथी बढाएको द हिन्दुले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved