रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणले थाल्यो अनुसन्धान, माग्यो बैंकसँग कारोबार विवरण

यसबारे विभागले प्रक्रिया थालिसकेको छ । विभागको पत्रमा लालाचन्द्र लामिछानेका छोरा काठमाडौं–६ निवासी रवि लामिछानेको विवरण माग गरिएको छ । २० वटै वाणिज्य बैंकलाई पत्र लेखेर रविको बचत तथा झिकेको कारोबार तथ्याङक माग गरिएको छ ।

नेपालभ्युज

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणले थाल्यो अनुसन्धान, माग्यो बैंकसँग कारोबार विवरण

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सम्पत्तिबारे अनुसन्धान गर्ने भएको छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँगै तत्कालीन प्रबन्ध निर्देशक रहेका रविउपर छानबिन थाल्ने भएको हो ।

विभिन्न सहरमा सहकारी खोलेर बचत अपचलन गरेको सम्बन्धमा छानबिन थालेको विभागले जनाएको छ ।

यसबारे विभागले प्रक्रिया थालिसकेको छ । उसले २० वटै वाणिज्य बैंकलाई पत्र लेखेर रविको बचत तथा झिकेको कारोबार तथ्याङक माग गरेको छ ।

विभागको पत्रमा लालाचन्द्र लामिछानेका छोरा काठमाडौं–६ निवासी रवि लामिछानेको विवरण माग गरिएको छ ।

‘‘बैंकमा पत्र लेखेर निजहरूको खाता छ कि छैन, भए कुन प्रकारको खाता छ ? खाता खोल्दाको रकम, कारोबारको विवरण, खाता खोल्दा पेस भएका कागजात र हालको रकमसमेत ‘एक्सेल’ फाइलमा खुलाएर पठाउन निर्देशन दिएका छौँ’’ विभागका एक अधिकारीले भने ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको रविमाथि आरोप छ ।
सहकारीबाट कर्जा पाउने अधिकार बचतकर्ता सदस्यलाई मात्र हुन्छ  । लामिछाने भने बचतकर्ता थिएनन् । रविले पनि सहकारीसँग कुनै साइनो नभएको दाबी गर्दै आएका छन् ।

रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दीपेशलगायत विरुद्धको जाहेरी कास्की प्रहरीमा

तर उनले पोखराको सूर्यदर्शन सहकारीबाट ‘इन्टरनल लोन’ (आन्तरिक कर्जा) शीर्षकमा १ करोडको कारोबार गरेको भेटिएको छ । त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको पनि एक करोड रुपैयाँ रविका तर्फबाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको छ  ।

यस्तै रविसँगै सुनकोशी–१, ओखलढुङ्गा बस्ने दीपहरि राईका छोरा जितेन्द्रबहादुर राई (जीबी राई) को बैंकिङ विवरण विभागले मागेको छ ।

जीबी राईको समूहले पोखरा, चितवन, बुटवल, वीरगन्ज, नेपालगन्ज र काठमाडौंलगायत विभिन्न स्थानमा सहकारीको रकम हिनामिना गरेका छन् ।

उनीहरू उपर उजुरी पर्न थालेपछि विभागले पनि अनुसन्धान थालेको हो । जीबी राई समूहले खोलेका सबैजसो सहकारीको बचत गैरकानुनी रूपमा आफ्नो कम्पनी, साझेदार तथा विभिन्न संस्थाहरूमा बिनाप्रक्रिया र बिनाधितो प्रवाह भएको विवरण भेटिएका छन् ।

जीबी राईको समूहले पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका थिए । करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको छन् ।

सहकारी ठगी प्रकरणमै सूर्यदर्शन सहकारी पीडितले रास्वपा सभापति रवि, सञ्चालक जीबी राई, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी बुझाएका छन् ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शन सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।

सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राई हुन् । उनी अहिले फरार छन् । राईले नै स्थापना गरेको ग्यालेक्सी टेलिभिजनमा रविले गुडविल सेयर लिएर एक वर्ष काम गरेका थिए । कतिपयले भने सोही आधारमा मात्रै सहकारी ठगीमा रवि जोडिन नसक्ने दाबी गरेका छन् ।

सहकारीबाट ठगिएका बचतकर्ताको पैसा सरकारले फिर्ता दिनुपर्छ : रवि लामिछाने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved