सहकारीबाट ठगिएका बचतकर्ताको पैसा सरकारले फिर्ता दिनुपर्छ : रवि लामिछाने

नेपालभ्युज

सहकारीबाट ठगिएका बचतकर्ताको पैसा सरकारले फिर्ता दिनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट ठगिएका बचतकर्ताको पैसा सरकारले फिर्ता दिनुपर्ने बताएका छन् ।

रानीपोखरीस्थित ग्लोबल आइएमई बैंक पुगेका उनले सरकारले अनुमति दिएको सहकारीमा जनताले बचत गरिसकेपछि त्यो रकम सरकारले नै फिर्ता दिनुपर्ने तर्क गरे ।

यसविषयमा आफूहरूले सरकारलाई सुझावसहितको प्रतिवेदन दिने तयारी गरेको सुनाए ।

उनले भने, ‘‘सरकारले जिम्मेवारी कसरी लिने हो लिनुपर्छ । सरकारले अनुमति दिएको सहकारीमा जनताले बचत गरिसकेपछि त्यो रकम सरकारले नै फिर्ता दिनुपर्छ । यस मामलामा कसरी के समाधान दिन सकिन्छ, नीति निर्माताको रूपमा के गर्नुपर्छ भन्ने हामी लागिरहेका छौँ । हामी सरकारलाई प्रतिवेदन दिने तवरमा काम गर्छौँ । हामी एक हप्ताभित्र सरकारलाई प्रतिवेदन दिनुपर्छ ।’’

ग्यालेक्सी शेयर प्रकरणबारे रवि- पहिलेदेखि जे भन्दै आएँ, त्यसमै अडिग छु

रविको भनाइ जस्ताको तस्तै

म सहकारीको न बचतकर्ता, न सञ्चालक, न शेयरधनी केही पनि होइन । तर, मसँगै रहेका साथीभाइहरूले सहकारी चलाएका हुन् । उहाँहरूले सहकारीको पैसा टेलिभिजनमा लगानी गर्नुभएको हो । यो कुरा मैले स्पष्ट पारिसकेको छु । यसमा म कहीँ कतै संलग्न नभएको कुरा मैले बारम्बार भनिरहेको छु ।

कसैले डिपोजिट गर्दा मेरो नाम हालेको रहेछ भन्ने स्पष्ट पारेको छु । जहाँसम्म बचतकर्ताको कुरा छ बचतकर्ताको सुरक्षा मेरो लागि चिन्ताको विषय हो । उजुरी आरोप भएको महत्त्वपूर्ण कुरा होइन ।

नैतिक रूपमा, राजनीतिक रूपमा र कानुनी रूपमा मैले गलत क्रियाकलाप गरेको छैन भन्दै आएको छु । हाम्रो पार्टीको बैठकबाट पारित भइरहेको छ । सरकारलाई समाधानसहितको प्रतिवेदन बुझाउन तयार छौँ ।

कुरा बचतकर्ताको सुरक्षाको कुरा हो । कसैलाई मुद्दा हाल्ने होइन । म जनप्रतिनिधि भएका कारण उनीहरूको बचत सुरक्षाको लागि मेरो प्राथमिकता हो । सरकारले जिम्मेवारी कसरी लिने हो लिनुपर्छ ।

सरकारले अनुमति दिएको सहकारीमा जनताले बचत गरिसकेपछि त्यो रकम सरकारले नै फिर्ता दिनुपर्छ । यस मामलामा कसरी के समाधान दिन सकिन्छ, नीति निर्माताको रूपमा के गर्नुपर्छ भन्ने हामी लागिरहेका छौँ । हामी सरकारलाई प्रतिवेदन दिने तवरमा काम गछौँ । हामी एक हप्ताभित्र सरकारलाई प्रतिवेदन दिनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved