सम्पत्ति शुद्धीकरण विभागले बैंकहरुसँग माग्यो रवि र जीबी राईको विवरण

नेपालभ्युज

सम्पत्ति शुद्धीकरण विभागले बैंकहरुसँग माग्यो रवि र जीबी राईको विवरण

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राई (जीबी)को बैंक खाताबारे अनुसन्धान थालेको छ ।

विभागले वाणिज्य बैंकहरुलाई पत्र लेखेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान गर्नको लागि बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी विवरण पठाउन भनेको छ ।

दुवैजनामाथि उजुरी परेकाले छानबिनको प्रारम्भिक चरणमा बैंकहरुबाट खातासम्बन्धी विवरण मागिएको विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved