काठमाडौंमा दुर्गा प्रसाईं समूहको वार्षिकोत्सव, कार्यकर्ताको हातहातमा राष्ट्रिय झन्डा (फोटोहरू)

काठमाडौंमा दुर्गा प्रसाईं समूहको वार्षिकोत्सव, कार्यकर्ताको हातहातमा राष्ट्रिय झन्डा (फोटोहरू)

काठमाडौं । ‘भाइरल म्यान’दुर्गा प्रसाईँको समूहले काठमाडौँको भृकुटीमण्डपमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक सञ्जालमा अन्टसन्ट बोल्दै चर्चामा आएका उनले समूह बनाएर आन्दोलनका कार्यक्रम गर्दैआएका छन् ।

कहिले ‘नेपाललाई भारतमा मिसाउनुपर्छ’ भन्ने त कहिले ‘बैंकरलाई कालोमोसो दल्नुपर्छ’ भन्दै उनले युट्युबमा अन्तरवार्ता दिँदैआएका छन् ।

यस्तै विवादित अन्तरवार्ता दिएकैभरमा सामाजिक सञ्जालमा भाइरल बनेका उनले आज प्रदर्शन आयोजना गरेका छन् । कार्यकर्ताको हात–हातमा राष्ट्रिय झन्डा छ ।

राजा, हिन्दु राष्ट्र र दुर्गा प्रसाईंको पक्षमा नारा लगाउँदै उनीहरू कार्यक्रमस्थलमा जम्मा भइरहेका छन् । यसअघि सो समूहले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गरेको थियो ।

हेरौँ, केही तस्वीरहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved