अविवाहित रहँदा नै खुसी छन्, बलिउडका यी कलाकार

नेपालभ्युज

अविवाहित रहँदा नै खुसी छन्, बलिउडका यी कलाकार

एजेन्सी । भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । तर बलिउडमा केही त्यस्ता कलाकार छन् जो अहिलेसम्म एक्लै आफ्नो जीवनमा खुशी छन् ।

त्यसो त उनीहरुसँगैका कलाकारहरुका छोराछोरी समेत अहिले बलिउडमा प्रवेश गरिसकेका छन् । तर केही कलाकार भने अझै पनि अविवाहित नै छन् ।

तुषार कपूर

बलिउड अभिनेता तुषार कपूर अहिलेसम्म सिंगल नै छन् । तुषारको भनाई छ उनले विवाह नै नगर्ने फैसला लिइसकेका छन् । उनको जीवनमा एक्लै हुँदा पनि खुशीहरुको कमी नरहेको बताउँछन् ।

अक्षय खन्ना

बलिउड अभिनेता अक्षय खन्ना पनि अहिलेसम्म अविवाहित नै छन् । उनको भनाईंअनुसार उनले वैवाहिक जीवनको कमी महसुस कहिल्यै गर्दैनन् किनकी उनलाई एक्लै जसरी चलिरहेको छ त्यही जीवन प्यारो छ ।

अमीषा पटेल

गदर फिल्मकी अभिनेत्री अमिषा पटेलले पनि विवाह गरेकी छैनन् । उनी अहिलेसम्म आफ्नो सिंगल जीवनमा नै खुशी भएको बताउँछिन् ।

तब्बु

बलिउडकी चर्चित तथा प्रतिभाशाली अभिनेत्री तब्बु पनि अहिलेसम्म अविवाहित नै छन् । तब्बुको विचारमा एउटा खराब पार्टनर भन्दा यही राम्रो हुन्छ कि तपाईं जीवनमा एक्लै रहनुस् ।

सलमान खान

बलिउडका सबैभन्दा मन पराइएका ब्याचलर अभिनेतामा पर्छन् सलमान खान । उनी पनि अब सिंगल नै खुशी भएको वा अविवाहित रहँदा नै खुशी भएको बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved