माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

नेपालभ्युज

माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ ।

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

बैठकमा नेताहरुबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा जोड दिनुपर्ने आवश्यकता औंल्याएको प्रवक्ता सापकोटाले बताए ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए ।

यसैबीच केन्द्रिय समिति बैठक आईतवार (भोलि)बाट सुरु हुने भएको छ ।

बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पार्टीका प्रवक्ता सापकोटाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved