पाकिस्तानको निर्वाचनमा इमरानको दल पीटीआईको अग्रता कायमै

नेपालभ्युज

पाकिस्तानको निर्वाचनमा इमरानको दल पीटीआईको अग्रता कायमै

काठमाडौं । पाकिस्तानको संसद र प्रान्तीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको १४६ सिटको नतिजाअनुसार इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)को सर्मथन रहेका स्वतन्त्र उम्मेदवार ६० सिट जित्दै अग्रस्थानमा रहेका छन् ।

पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ४३ सिटसहित दोस्रो स्थानमा रहेको छ ।

प्रारम्भिक रुझानमा पीटीआई समर्थकलाई कडा टक्कर दिएको पाकिस्तान पिपुल्स पार्टी(पीपीपी)ले ३७ सिटमा जित निकालेको छ । अन्यले ६ सिट जितेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved