विमानस्थलका सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

नेपालभ्युज

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरुवा भएको छ ।

गृह मन्त्रालयले चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो ।

विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो।

उक्त विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति बनाइएको थियो । समितिले असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो ।

समितिको सिफारिसप्रति चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामा नै दिएका थिए । तर, प्रहरी प्रधान कार्यालयले उनको राजीनामा रोकेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved