ओर्लने बित्तिकै बसले दियो ठक्कर, बालिकाको मृत्यु

नेपालभ्युज

ओर्लने बित्तिकै बसले दियो ठक्कर, बालिकाको मृत्यु

काठमाडौं । बाराको सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८  बस्ने  २ वर्षीया अंतिमा कुमारी साहको बुधबार मृत्यु भएको हो ।

बसबाट ओर्ली  हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार  उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।   यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved