सर्पको टापु, जहाँ गएपछि कोही फर्किँदैन

नेपालभ्युज

सर्पको टापु, जहाँ गएपछि कोही फर्किँदैन

एजेन्सी । ब्राजीलको इल्हा दा क्वेनमाडा द्वीपमा खतरनाक सर्पहरुको राज्य छ । यो सर्पको द्वीप साओ पाओलोको किनारबाट ३३ किलोमिटरको दुरीमा पर्दछ ।

यस टापुमा गोल्टन लन्सहेड वाइपर नामक अत्यधिक विषालु सर्प पनि पाइन्छ । यहाँ करीब चार हजार सर्प छन्, हरेक ७५ वर्ग मिटरमा एक सर्प पाइन्छ ।

गोल्डेन लन्सहेड वाइपर अमेरिकी महाद्वीपमा रहने सबैभन्दा विषालु सर्प मध्ये एक हो । अन्यको तुलनामा यो सर्प मानिसको मृत्युमा जिम्मेवार हुन्छ । वास्तवमा यस सर्पको विषले मानिसको शरीरभित्र रहेका कोषिकालाई नै पगाल्छ ।

इल्हा दा क्वेनमाडा १२ हजार वर्षअघि समुद्रको जलस्तर बढेपछि ब्राजीलबाट छुट्टिएको थियो । त्यसपछि यहाँ सर्प एकत्रित भए । उनीहरुले रुखमा बसेर चराचुरुंगी खान थाले । यस टापुमा जान ब्राजील सरकारले प्रतिवन्ध लगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved