परराष्ट्रमन्त्री साउद ९ दिन लामो विदेश भ्रमणमा निस्किदै

नेपालभ्युज

परराष्ट्रमन्त्री साउद ९ दिन लामो विदेश भ्रमणमा निस्किदै

काठमाडौं । हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज अष्ट्रेलिया प्रस्थान गर्दैछन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार मन्त्री साउदले न्युजिल्यान्डको पनि भ्रमण गर्ने छन् ।

परराष्ट्रका अनुसार सुरुमा उनी अष्ट्रेलिया जानेछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा यही माघ २६ र २७ गते आयोजना गर्ने ‘सातौँ हिन्द महासागर सम्मेलन’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् ।

परराष्ट्रमन्त्री साउदले माघ २७ गते सम्मेलनलाई सम्बोधन गर्ने छन् । मन्त्री साउदले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । अष्ट्रेलियाबाट परराष्ट्रमन्त्री साउद न्युजिल्यान्ड जानेछन् ।

फागुन २ गते उनले न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी फागुन ३ गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ । भ्रमण टोलीमा मन्त्री पत्नी ज्योत्सना अधिकारी, मन्त्रालयका अधिकारी सहभागी हुने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved