विश्वकप लिग–२ को तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र नामिबिया भिड्ने

नेपालभ्युज

विश्वकप लिग–२ को तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र नामिबिया भिड्ने

काठमाडौं। आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार नेपाल, नामिबिया र नेदरल्यान्ड्ससँगको सिरिजको खेल तालिका सार्वजनिक गरेको हो।

१५ फेब्रुअरी (फाल्गुण ३) मा हुने पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। १७ फेब्रुअरी (फाल्गुण ५) मा नेपाल र नेदरल्यान्ड्स आमने सामने हुनेछन्। १९ फेब्रुअरी (फाल्गुण ७) मा नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

२१ फेब्रुअरी (फाल्गुण ९) मा नेपाल र नामिबिया, २३ फेब्रुअरी (फाल्गुण ११) मा नेदरल्यान्ड्स र नामिबिया तथा २५ फेब्रुअरी (फाल्गुण १३) मा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

सबै खेल बिहान सवा ९ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved