भारत भ्रमणमा रहेको सांसदको टोलीद्वारा उत्तर प्रदेशका मुख्यमन्त्री र राज्यपालसँग भेटवार्ता

नेपालभ्युज

भारत भ्रमणमा रहेको सांसदको टोलीद्वारा उत्तर प्रदेशका मुख्यमन्त्री र राज्यपालसँग भेटवार्ता

काठमाडौं ।  भारत भ्रमणमा रहेको नेपाली सांसदको टोलीले आज उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग भेटवार्ता गरेको छ ।

सांसद राज किशोर यादव नेतृत्वको ११ सदस्यीय टोलीले लखनऊ स्थित सरकारी निवासमा पुगेर मुख्यमन्त्री आदित्यनाथसँग शिष्टाचार भेट गरेको थियो ।

भेटपछि मुख्यमन्त्री आदित्यनाथले ट्वीटमा लेखेका छन्, ‘भगवान पशुपतिनाथको पावन धरा, नेपालबाट आएका माननीय सांसद गणको शिष्टमण्डलसँग शिष्टाचार भेट भयो ।’  भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेपाली टोलीका नेता यादवले जानकारी दिए ।

राजभवनमा पुगेर टोलीले राज्यपाल पटेलसँग पनि शिष्टाचार भेट गरेको छ । उक्त भेटमा सांसद यादवले नेपालसँग एमयोयू गरेका उत्तर प्रदेशका विश्वविद्यालयबीच परस्पर शैक्षणिक आदान प्रदान, भाषा अध्ययन र भ्रमण बढाउन आग्रह गरेको राज्यपालको ट्वीटमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved