रूसी सेनामा भर्ती भएकाका आफन्त भन्छन्: धन परेन, सास जोगाइ पठाइदेऊ (फोटोहरू)

रूसले अन्य देशबाट आएर बसेका र विदेशी नागरिकलाई पनि सेनामा भर्ती लिने घोषणा गरेसँगै दलालमार्फत रूसी सेनामा भर्ती हुन जाने नेपालीको क्रम तीव्र भएको छ । पीडितका आफन्तले भर्ती रोक्न र भर्ती भएकालाई नेपाल फिर्ता पठाउन आग्रह गरेका हुन् ।

नेपालभ्युज

रूसी सेनामा भर्ती भएकाका आफन्त भन्छन्: धन परेन, सास जोगाइ पठाइदेऊ (फोटोहरू)

काठमाडौं । रसियन सेनामा भएका नेपालीहरूको परिवार तथा आफन्तहरूले रसियन दूतावास अघि प्रदर्शन गरेका छन् । बालुवाटारस्थित रसियन दूतावासको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याइदिने, उचित क्षतिपूर्ति दिनुपर्ने, सम्पर्कविहीनहरूको अस्वस्थबारे जानकारी दिनुपर्ने उनीहरूको माग छ ।

हाल कार्यरत सैनिकलाई निसर्त नेपाल पठाउनुपर्ने उनीहरूको मूख्य माग छ । अबदेखि रसियन सेनामा नेपाली भर्ती गर्न बन्द गर्नु पर्नेलगायतका माग उनीहरुले अघि सारेका छन् ।

रूसले अन्य देशबाट आएर बसेका र विदेशी नागरिकलाई पनि सेनामा भर्ती लिने घोषणा गरेसँगै दलालमार्फत रूसी सेनामा भर्ती हुन जाने नेपालीको क्रम तीव्र भएको छ ।

के कति रुसी सेनामा भर्ना भएका छन् भन्नेबारे सरकारसँग यकिन तथ्यांक छैन, न त्यहाँ जाने नेपालीको कुनै खबर छ । पीडितका आफन्तले भर्ती रोक्न र भर्ती भएकालाई नेपाल फिर्ता पठाउन आग्रह गरेका हुन् ।
फोटोहरू –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved