सदनमा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदलाई अध्यक्ष प्रचण्डको निर्देशन

नेपालभ्युज

सदनमा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदलाई अध्यक्ष प्रचण्डको निर्देशन
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताए ।

चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै प्रचण्डले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदलाई आग्रह गरेको सचेतक रुपा सोशी चौधरीले जानकारी दिइन् ।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved