क-कसले जिते यस वर्षको ग्रामी अवार्ड ?

नेपालभ्युज

क-कसले जिते यस वर्षको ग्रामी अवार्ड ?

काठमाडौं । गायिकाहरु टेलर स्विफ्ट, माइली साइरस, सेजा र बिली इलिशले यस वर्षको ग्रामी अवार्ड जितेका छन् ।

स्विफ्टको एल्वम ‘मिडनाइट्स’ले ‘एल्वम अफ द इयर अवार्ड’ पाएको छ ।

साइरसको गीत ‘फ्लावर’ले ‘रेकर्ड अफ द इयर’को ग्रामी अवार्ड पाएको छ भने ‘गीत अफ द इयर’को अवार्ड इलिशको गीत ‘ह्वाट वाज आई मेड फर’लाई दिइएको छ ।

साइरसको गीत ‘फ्लावर’लाई उत्कृष्ट पप सोलो प्रर्दशनको विधामा पनि अवार्ड दिइएको छ ।

सेजा(फिबी ब्रिजर्सको ‘घोस्ट इन मेसिन’ गीतले उत्कृष्ट पप जोडीको लागि ग्रामी अवार्ड जितेको छ।

संगीत जगतको प्रतिष्ठित अवार्ड ग्रामी अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो । यस समारोहमा कुल ९४ विधामा कलाकारलाई सम्मान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved