सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु, सासु प्रहरीको नियन्त्रणमा, पति र ससुरा बेपत्ता

सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु, सासु प्रहरीको नियन्त्रणमा, पति र ससुरा बेपत्ता

सर्लाही । सर्लाहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । बलरा नगरपालिका- ४ जब्दी टोलकी पूजादेवी सहनीको मंगलबार राति शंकास्पद मृत्यु भएको हो । उनको मृत्युपछि घरका सबै पुरुष सदस्य भने फरार छन् ।

घरका सबै पुरुष सदस्य फरार भएपछि महिलाको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । पूजाको सासू बनारसी देवी सहनीलाई भने सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीका एसपी प्रविन धितालले भने, ‘हामीले महिलाको सासुसँग सोधपुछ गरिरहेका छौं, अस्पतालको पोस्टमार्टम रिपोर्ट आएपछि केही तथ्य खुल्ला ।’ महिलाको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

मृतक २१ वर्षिया पूजा देवीको घाँटीमा निल डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।

स्थानीयले घटना हुनुअघि घरमा विवाद भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र फरार भएकालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved