पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खान र उनकी पत्नीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

इमरान र उनकी पत्नीमाथि सरकारी उपहारलाई निजी फाइदाका लागि गैरकानुनी तरिकाबाट बेचेको आरोप लगाइएको छ । उनकी पत्नी बुशरा बीबीले बुधवारको फैसलापछि अदालतमा आत्मसमर्पण गरेकी छन् । 

नेपालभ्युज

पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खान र उनकी पत्नीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको  छ।

एक दिन अगाडी इमरानलाई पाकिस्तानको विशेष अदालतले गोपनियता भंग गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको थियो । उनले पहिले नै भ्रष्टाचारको अर्को एक मामिलामा तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

पूर्व प्रधानमन्त्री खान पाकिस्तान तहरीक-ए-इन्साफ़ पार्टीका संस्थापक हुन् । उनीविरुद्ध राजनीतिले प्रेरित भएर अनेक मुद्दा लगाइएको आरोप लागेको छ ।

पाकिस्तानमा ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । विभिन्न प्रतिवन्धका कारण इमरानले उक्त चुनावमा भाग लिन नपाउने भएका छन् ।

इमरानलाई गत वर्षको अगस्तमा गिरफ्तार गरिएको थियो । त्यसयता उनी जेलमै छन् । उनकी पत्नी बुशरा बीबीले बुधवारको फैसलापछि अदालतमा आत्मसमर्पण गरेकी छन् ।

इमरान र उनकी पत्नीमाथि सरकारी उपहारलाई निजी फाइदाका लागि गैरकानुनी तरिकाबाट बेचेको आरोप लगाइएको छ ।

उनको पार्टीले यो फैसलालाई पाकिस्तानको न्यायिक इतिहासमा अर्को एक दुखद दिन भनेको छ । उसले माथिल्लो अदालतमा चुनौती दिने पनि बताएको छ ।

यो पनि पढ्नुहोस:

पाकिस्तानको विशेष अदालतले सुनायो पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले तोक्यो तीन वर्षको जेल सजाय

के हो अल कादिर ट्रस्ट भ्रष्टाचार काण्ड जसमा इमरान खान गिरफ्तार भए ?

इमरान खानमाथिको गोली प्रहार : पाकिस्तान अराजकताको पराकाष्ठामा पुगेको प्रमाण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved