पाकिस्तानको विशेष अदालतले सुनायो पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले मंगलबार पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

नेपालभ्युज

पाकिस्तानको विशेष अदालतले सुनायो पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौ । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेज सार्वजनिक गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको छ ।

गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले मंगलबार पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

पाकिस्तानमा आम चुनावको केही दिनअघि खानमाथि लामो जेल सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । यो मुद्दामा सफाई पाएको भए इमरानले चुनावमा भाग लिन पाउने सम्भावना थियो ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अश्विकार गरेका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले उच्च अदालतमा यो फैसलालाई चुनौती दिने बताएको छ ।

‘झूटो साइफर मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खान र विदेशमन्त्री महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाइएको छ । यसमा न मिडियालाई पहुँच दिइएको छ न यसको ट्रायल सार्वजनिक गरिएको छ । हाम्रो कानूनी टिमले उच्च न्यायालयमा चुनौती दिनेछ । ‘

पीटीआईले उच्च न्यायालयले यो फेसला उल्टाउने अपेक्षा गरेको समेत जनाएको छ ।

सन् २०२२ मा खान विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । यसअघि उनलाई भ्रष्टाचारको अर्को एक मामिलामा तीन वर्षको जेल सजाय सुनाइएको थियो । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक उद्देश्यबाट प्रेरित भएको तथा यसमा अमेरिकाको हात रहेको बताउँदै आएका छन्।

साइफर मुद्दामा इमरानमाथि गोप्य कुटनीतिक पत्र आफूसँग राखेको आरोप छ । उनीमाथिको चार्जशीटमा उनले यस्ता दस्तावेज नफर्काएको उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved