विवाहको कुराले तनावमा यी टेलिभिजन अभिनेत्री

नेपालभ्युज

विवाहको कुराले तनावमा यी टेलिभिजन अभिनेत्री

एजेन्सी । भारतीय टेलिभिजन शो ‘नागिन’ की अभिनेत्री सुरभी चन्दनाले प्रेमी करण शर्मासँग विवाह गर्ने तयारी गरिरहेकी छन् ।

यी अभिनेत्रीले केही दिन अघि मात्र विवाहको बारेमा जानकारी दिएकी थिइन् । उनीहरुको विवाह मार्च २ मा हुँदैछ ।

हालै उनी मुम्बई सिटीमा देखिएकी थिइन् । यसक्रममा उनको स्थिति त्यति ठिक थिएन । अभिनेत्रीले पापराजीलाई विवाहको तनावले कपाल सेतो भइरहेको बताएकी थिइन् । अनुहारको रंग पनि उडिसकेको थियो ।

विवाहको तयारी त्यति सजिलो नभएको उनको भनाई थियो । साथमा उनी खुशी पनि थिइन् कि प्रेमीसँग सधैंका लागि एक हुन गइरहेकी छन् । सुरभी विगत १३ वर्षदेखि करणसँग सम्बन्धमा थिइन ।

करण पेसाले व्यवसायी हुन् । व्यवसायबाट उनले करोडौं कमाउँछन् । सुरभी पनि अहिलेको समयमा चर्चित टेलिभिजन अभिनेत्रीमा पर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved