हर्क साम्पाङले गरे कमेडी फिल्म ‘खजुरे ब्रो’मा अभिनय

नेपालभ्युज

हर्क साम्पाङले गरे कमेडी फिल्म ‘खजुरे ब्रो’मा अभिनय

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गरेका छन् । निर्माण युनिटले उनलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो ।

साम्पाङको चरित्रको छायाङ्कन सकिएको छ । ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म हो ।

फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । कार्यकारी निर्माता डायमन्ड उप्रेतीले भने, ‘‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले निर्माण भएको फिल्ममा नगर प्रमुखको भूमिका थियो’‘त्यही भूमिकामा उनलाई अभिनय गराएको हो ।’’

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’ बनेको हो ।

फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका रहनेछ ।

शिशिर बिसंखेले छायाङ्कन रहेको फिल्ममा अनमोल गुरुङको सङ्गीत छ । फिल्मको अहिले धरान आसपासका स्थानमा छायाङ्कन भइरहेको छ । फिल्म जेठ महिनामा प्रदर्शन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved