अमिताभको जन्मदिन पार्टीमा बाथरुममा लुकेकी थिइन रेखा

नेपालभ्युज

अमिताभको जन्मदिन पार्टीमा बाथरुममा लुकेकी थिइन रेखा

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र नायीका रेखाबारे जोडिएका किस्सा खबरमा प्रायः आइरहेका हुन्छन् । यस्ता कतिपय किस्सा एकदमै चर्चित पनि छन् ।

यस्तै चर्चितमध्ये एउटा अमिताभ बच्चनको जन्मदिनको पार्टी सम्बन्धी छ । उक्त जन्मदिनको पार्टीमा रेखा पुगेकी थिइन् । पार्टीका क्रममा उनले आफूलाई बाथरुममा बन्द गरेकी थिइन् ।

खासमा अमिताभले सन् २००२ मा मुम्बईको एक होटलमा आफ्नो जन्मदिन मनाइरहेका थिए । खबरअनुसार यस पार्टीमा रेखा नबोलाएको पाहुना जसरी पुगेकी थिइन् । रेखालाई पार्टीमा देखेर सबै जना आश्चर्यमा पर्छन् ।

अमिताभ बच्चनको पार्टीमा रेखा पुग्ने बित्तिकै चारैतिर हल्ला फैलिन्छ । यही क्रममा मिडियाकर्मी पनि त्यहाँ पुग्छन् । फोटोका लागि पत्रकारले पछ्याउन थालेपछि रेखा बाथरुममा ढोका बन्द गरेर लुकेकी थिइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved