विमानस्थलमा भएको हातपातबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

नेपालभ्युज

विमानस्थलमा भएको हातपातबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयका  सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गृहले शुक्रबार  समिति गठन गरेको हो । सो  समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् ।

समितिलाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति मार्फत  जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved