डियरवाक र डियरहोल्डमा अमेरिकन चेम्बर अफ कमर्सको ‘सिकाई शृङ्खला’

नेपालभ्युज

डियरवाक र डियरहोल्डमा अमेरिकन चेम्बर अफ कमर्सको ‘सिकाई शृङ्खला’

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा ‘इन्फर्मेटिभ लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेयर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए ।

कार्यक्रममा कम्पनीका संस्थापक रुद्रराज पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए । सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा विजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ लम्सालले जानकारी दिएका थिए ।

आफ्ना सदस्यहरूमा सिकाई शृङ्खला अन्तर्गत एकच्यामले अन्तर्क्रियासँगै काठमाडौंको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो । कार्यक्रमले सदस्यहरू बिच मित्रता बढाउने र एक अर्काको व्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए । कार्यक्रममा एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ्य मोघा र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिकरवाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए ।

एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यावसायिक संस्था आबद्ध भैसकेका छन् । स्थापनाको २ बर्समै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आबद्धता पाइसकेको छ ।

यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबिचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले एमच्याम नेपालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved