ई सेवाको १५औं वर्षगाँठ : १५ दिनका लागि पन्ध्रै अफर

नेपालभ्युज

ई सेवाको १५औं वर्षगाँठ : १५ दिनका लागि पन्ध्रै अफर

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियामक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई सेवा १५ वर्ष पुरा गरी १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सबै सरोकारवाला र शुभचिन्तक प्रति आभार व्यक्त गरेको हो ।

नगदरहित ९क्यासलेस० अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न ई सेवाले महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको छ ।

१५ औँ वार्षिक उत्सवको अवसरमा ई सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आम ई सेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पार्टनर बैंक, नियामक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । हामीले आगामी दिनमा ई सेवाको मोबाइल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा छ‘ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ ।’

१५ वर्षको अवधिमा ई सेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसै गरी परोक्ष रूपमा करिब दुई करोड जनसङ्ख्याले ई सेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको सङ्ख्यामा ई सेवा एजेन्टहरू रहेका छन् । ई सेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।

आजको दिनमा ई सेवा प्रायजसो प्रत्येक गाउँपालिकाका, हरेक वडामा पुग्न सफल भइसकेको छ । ई सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले ई सेवालाई सम्झने अवस्थामा ल्याउन सफल भएको छ । आगामी दिनमा ई सेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नवीनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।

यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर

यसैबिच ई सेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ । यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ ९फेब्रुअरी ८० सञ्चालनमा रहनेछ । अफर अन्तर्गत ई सेवामार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आई फोन १५ जित्न सक्नेछन् ।

यसै गरी एयरलाइन्स टिकट काट्ने १५ जनाले मात्र १५ सय १५ रुपैयाँमा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै ई सेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रुपैयाँ क्यासब्याक पाउनेछन् भने होटेल बुकिङ गर्नेले १५ सय रुपैयाँ क्यासब्याक पाउन सकिनेछ ।

यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले १५० रुपैयाँसम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले ५ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् । ई सेवाले यी लगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

ई सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved