हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को सफलता, पायो विश्वविख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्स  लिमिटेडको अर्को सफलता, पायो विश्वविख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस

केहीदिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ ।

कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएमबेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बीबाट बी प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्को इतिहास रचेको छ ।

नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेस्टबाट रेटिङ गराएको दोश्रो वर्षमै आफ्नो रेटिङ बी बाट बी प्लसमा स्तरोन्नती गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धीका रुपमा लिन सकिन्छ । बी प्लस रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एएम बेस्टबाट बी प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एशिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले कम्पनीको अन्तराष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्न समेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved