धोका पाएकी गायिका एलिनाको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत ट्रेन्डिङमा

पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा रहेकी गायिका एलिना चौहानको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ ।

नेपालभ्युज

धोका पाएकी गायिका एलिनाको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत ट्रेन्डिङमा

काठमाडौं । पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा रहेकी गायिका एलिना चौहानको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ ।

ओबी रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गीतले समाचार तयार गर्दासम्म साढे २ लाख भ्यूज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान कब्जा गर्न सफल भएको हो ।

गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत रहेको गीतमा एलिनाको अलवा सङ्गीतकार सेन्चुरीकै स्वर रहेको छ । डान्सिङ नम्बरका रूपमा सार्वजनिक गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ ।

गीतमा प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको छ । गीतको भिडिओ निर्देशन रामजी लामिछानेले गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved