धनगढीका मेयर हमालको घरमा बैद्यका कार्यकर्ताको कालो ब्यानर

नेपालभ्युज

धनगढीका मेयर हमालको घरमा बैद्यका कार्यकर्ताको कालो ब्यानर

धनगढी । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँस गरेको छ ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि घरमा कालो ब्यानर टाँस गरेको हो । मागपत्रसहित उल्लेख ब्यानर टाँस गरेपछि प्रहरीले सो ब्यानर च्यातेको छ ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ पार्टीका बाजुरा इन्चार्ज केशव उपाध्यायले भने ।

घोषित दबाब कार्यक्रम अन्तरगत नगर प्रमुख हमालको घर र उपमहानगरपालिकामा ब्यानर टाँस गरिएको उनले बताए ।

उनका अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरूमा, माघ १२ गते कार्यपालिका शाखाहरूमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरूमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ ।

१५ गतेसम्म सरकारी शैक्षिक संस्था ९१ देखि १२ सम्महरूले शुल्क फिर्ता गराउने र निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्नेछ ।

माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरूका शौचालय सफा र व्यवस्थित गर्नु पर्ने पार्टीको माग रहेको छ ।

माघ १५ गते सम्म वडा नं ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासका लागि २० लाख उप महानगरले व्यवस्था गर्नुपर्ने, माघ १५ गतेसम्म छाडा पशु चौपायाहरूको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालय, स्वास्थ्य संस्थामा कार्यरत शिक्षक र डाक्टरहरूले निजी ट्युसन पढाउने र निजी क्लनिकमा व्यवसाय कार्य बन्द गर्नुपर्ने, विदेशबाट आयातित तरकारी, फलफूल र माछा जाँच गरी आयातलाई व्यवस्थित गरिनुपर्ने आन्दोलनको कार्यक्रममा रहेको छ ।

अन्तरक्रिया कार्यक्रमहरू माघ १५ देखि २० गतेसम्म सम्पन्न गर्ने र घर धनीहरूले घरबाहलहरुसँग चर्को रुपैयाँ प्रति युनिट विद्युत् महसुल र बहाल करपनि सम्बन्धी घरवाहलवालाबाट नै लिने गरेकाले तत्काल बन्द गराउनुपर्ने सो कार्यक्रममा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved