मोटरसाइकल दुर्घटनाहुँदा भक्तपुरमा एक युवाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनाहुँदा भक्तपुरमा एक युवाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक युवाको मृत्यु भएको छ । भक्तपुरको चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको हो । केसी पाण्डुबजारका स्थानीय हुन् ।

सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेकोे मोटरसाइकल स्कुटरसँग ठोक्किएको थियो । मृतक मोटरसाइकल चालक हुन् । स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved