तराईमा बढेको शीतलहर र हुस्सुले विपन्न समुदाय मारमा

नेपालभ्युज

तराईमा बढेको शीतलहर र हुस्सुले विपन्न समुदाय मारमा

काठमाडौं । तराईका अधिकांस स्थानमा दुई साता यता बढेको चिसोका कारण त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेपछि सबैभन्दा बढी मारमा विपन्न समुदाय परेका छन् ।

बृद्धबृद्धा र बालबालिकामा चिसोका कारण स्वास्थ्यमा समस्या पर्न थालेको विभिन्न हाम्रा संवाददाताहरुले जनाएका छन् ।

चिसो बढेपछि स्थानीय पालिकाले विद्यालय बन्द गर्न थालेका छन् । कतिपय पालिकाले विपन्न समुदायका लागि चिसोबाट बच्नका लागि राहतका सामाग्री ल्याएका छन् भने अधिकांस पालिकाले भने बजेट अभाव देखाउदै राहत सामाग्री वितरण गर्न नसकेको बताएका छन् ।

नवलपरासीमा शीतलहर बढेलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावितलाई न्यानो कपडा र दाउरा वितरण गर्ने निर्णय गरे पनि अझै कार्यान्वय भएको छैन । जिल्ला र पालिकाबीच समन्वयको अभाव हुँदा विपन्न परिवार चिसोमै कष्टकर दैनिकी बिताउन बाध्य छन् । केही स्थानीय तहले दाउरा वितरण गरेपनि न्यानो कपडा वितरण गर्न नसकेको बताइएको छ ।

जनप्रतिनिधिले चासो नदिएपछि विपन्न समुदाय स्थानीय सरकारसँग आक्रोशित भएका छन् । जनप्रतिनिधिले विपन्नभन्दा पनि आफू निकट व्यक्तिलाई राहत वितरण गर्ने प्रवृत्तिले वास्तविक पीडित थप मारमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved