सजीलमान शाक्यको न्यायका लागि प्रदर्शन (तस्वीरहरू)

सजीलमान शाक्यको न्यायका लागि भन्दै  परिवार, आफन्तजन तथा अभियान्ताहरूले जावलाखेलमा प्रदर्शन गरेका छन् ।

सजीलमान शाक्यको न्यायका लागि प्रदर्शन (तस्वीरहरू)

ललितपुर । सजीलमान शाक्यको न्यायका लागि भन्दै  परिवार, आफन्तजन तथा अभियान्ताहरूले जावलाखेलमा प्रदर्शन गरेका छन् ।

गत भदौमा शाक्य होटेल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोश भएका थिए । परिवारले घटनाको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि करिब साढे चार महिनापछि सरकारी वकिल हुँदै दर्ता भएको थियो ।

जाहेरी आएसँगै ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले स्क्वायर होटेलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको छ भने अर्का सञ्चालक रोमी अर्याल भने फरार छन् ।

होटलले स्विमिङ पुल नजिकै जडान गरेको बत्तीको पोलमा करेन्ट सट हुँदा शाक्यलाई करेन्ट लागेको परिवारको दाबी छ । सोही आधारमा परिवारले होटेल सञ्चालकविरुद्ध ज्यान मार्ने प्रयास गरेको आरोपमा जाहेरी दिएका थिए ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved