पर्यटन बोर्डमा चिनियाँ फोटो प्रदर्शनी (तस्वीरहरु)

नेपालभ्युज

पर्यटन बोर्डमा चिनियाँ फोटो प्रदर्शनी (तस्वीरहरु)

काठमाडौं। नेपाल र चीनबिच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी आजदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सुरु भएको छ।

नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु)फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी आजबाट एक सातासम्म चल्ने छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रदर्शनीको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले उद्घाटन गरेका हुन्। प्रदर्शनीमा साङदोङ प्रान्तका विभिन्न ६० वटा तस्वीरहरु समावेश गरिएका छन्।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved