प्रधानमन्त्री कपमा पुलिसले एपीएफलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कपमा पुलिसले एपीएफलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले एपीएफलाई पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले एपीएफलाई ५८ रनले पराजित गरेको हो । १४६ रनको सामान्य लक्ष्यमा जवाफी ब्याटिङ गरेको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो ।

एपीएफका लागि सन्दीप जोराले अविजित २५ र अमर रौतेलाले २३ रन जोडे । एपीएफलाई सस्तैमा प्याक गर्न पुलिसका लागि ललित राजवंशीले ५ विकेट लिए । राशिद खानले २ तथा सागर ढकालले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भयो । पुलिसका लागि दिलिप नाथले ४४ र अर्जुन साउदले ३१ रन बनाए ।

एपीएफका लागि भुवन कार्कीले ३ विकेट लिए । अमर रौतेला र रमेश कुर्मीले २-२ तथा पुरण बिक, रोहित कुमार पौडेल र मौसम ढकालले १-१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved