किन भयो सानिया मिर्जाको सम्बन्धविच्छेद ?

नेपालभ्युज

किन भयो सानिया मिर्जाको सम्बन्धविच्छेद ?

एजेन्सी । भारतीय टेनिस खेलाडी सानिया मिर्जा चर्चामा बनिरहेकी छन् । उनका पूर्व पति पाकिस्तानी क्रिकेटर शोएब मलिकले तेस्रो विवाह गरेका छन् । जसले गर्दा अहिले सानियाको पनि चर्चा चुलिएको छ ।

सानियाले देशभरमै लडेर शोएब मलिकसँग विवाह गरेकी थिइन् । यो विवाहको चर्चा धेरै नै भयो र विवाद पनि उत्तिकै । उनले मिडिया ट्रायलको सामना पनि गर्नुपरेको थियो ।

सन् २०१० मा सानिया र शोएबले हैदराबादमा भव्य विवाह गरेका थिए । यसमा धेरै ठूला कलाकार तथा वरिष्ठ पाहुना आएका थिए । सन् २०१७ मा सानिया मिर्जाले करण जौहरको कफी विद करणमा शोएबसँगको विवाह बारे कुरा गर्दै आफू एकदमै खुशी भएको बताएकी थिइन् । जहाँ उनले आफूहरु टाढा रहने भएकाले सम्बन्ध गाढा हुने बताएकी थिइन् ।

तर, पछि गएर त्यही दुरी उनीहरुको सम्बन्धको दरार बन्न गयो । किनकी त्यही क्रममा शोएब अन्य युवतीको प्रेममा परे जसले गर्दा सानियाले सम्बन्धमा धोका पाइन् । अन्तिममा उनीहरुको सम्बन्ध विच्छेद भयो ।

शनिबार शोएबले तेस्रो विवाहका तस्वीर सार्वजनिक गरेका छन् । जसले गर्दा उनको पुरानो सम्बन्धको पनि चर्चा भइरहेको छ । शोएबको विवाहबारे सानियाको भने कुनै पनि प्रतिक्रिया आइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved