कतारले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ : मन्त्री आचार्य

नेपालभ्युज

कतारले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताएका छन् । रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबिचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो ।

शुक्रबार काठमाडौँको महाराजगञ्जमा निर्माण गरिएको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै उनले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा समेत गरे ।

हालसालै तराईका जिल्लाहरुमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसंग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिब जनताको हितमा बलियो साथ दिइरहेको बताए ।

मन्त्री आचार्यले विभिन्न व्यवसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved