यू–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डसँग अमेरिका पराजित

नेपालभ्युज

यू–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डसँग अमेरिका पराजित
तस्वीर स्रोतः क्रिकेट आयरल्यान्ड/फेसबुक

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डसँग अमेरिका पराजित भएको  छ। ब्लोइमफोन्टेनस्थित मनग्वाङ ओभलमा शुक्रबार भएको खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो।

१०६ रनको लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। आयरल्यान्डका लागि र्यान हन्टर ५० रनमा अविजित रहे। कप्तान फिलिपसले रक्स २३ रनमा अविजित रहँदा कियान हिल्टनले २३ रन बनाए।

अमेरिकाका लागि आर्य गर्गले २ तथा खुश भलालाले १ विकेट लिए। पहिले ब्याटिङ गरेको अमेरिका ४०.२ ओभरमा १०५ रनमा अलआउट भयो। आयरल्यान्डका लागि र्यूबेन विल्सन र ओलिभर रिलेले ३–३ विकेट लिए। जोन म्याक्नेलीले २ तथा कार्सन म्याककुलोग र स्कट म्याकबेथले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved