आज दुईवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

आज दुईवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहान ११ बजे बैठक बोलाएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका विषय कार्यसूचीमा राखिएको छ ।

बैठकमा ती आयोजनाको अहिलेसम्मकोे भौतिक तथा वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक भने मध्यान्ह १२ बजे बोलाइएको छ । बैठकमा समितिगत विषयमा छलफल गरिने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved