दार्चुलामा बस दुर्घटनाहुँदा १५ जना घाइते

नेपालभ्युज

दार्चुलामा बस दुर्घटनाहुँदा १५ जना घाइते

काठमाडौं । दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातकोे बस आज बिहान दुर्घटनामा परेको हो ।

महाकाली नगरपालिका–५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै बस सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved