नुन धेरै खाँदा हरेक वर्ष १९ लाख मानिसको मृत्यु, सतर्कता अपनाउन डब्लुएचओको आग्रह

नेपालभ्युज

नुन धेरै खाँदा हरेक वर्ष १९ लाख मानिसको मृत्यु, सतर्कता अपनाउन डब्लुएचओको आग्रह

एजेन्सी । तपाईं पनि धेरै नुन खानुहुन्छ भने सतर्क हुनुहोस् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले धेरै नुनको सेवनलाई लिएर सावधानी अपनाउन आग्रह गरेको छ ।

डब्यूएचओका अनुसार नुनमा पाइने सोडियम धेरै खाँदा हरेक वर्ष करिब १९ लाख मानिसको मृत्यु हुने गर्छ । यस रिपोर्टको नतिजा आएसँगै विज्ञ चिकित्सकले पनि नुनका बेफाइदा बारे ध्यानाकर्षण गराउन थालेका छन् ।

विशेषज्ञका अनुसार हामीले जब धेरै सोडियम खान्छौ तब शरीरमा पानी जम्मा हुन्छ । शरीरमा पानी बढ्नाले रक्तकोषिकामा दबाब पर्छ र रक्तचाप उच्च हुन्छ । उच्च रक्तचापका कारण हृदयघात तथा हृदय सम्बन्धी रोग लाग्ने खतरा बढ्छ ।

धेरै नुनको सेवनले मिर्गौला रोगको खतरा पनि कयौं गुणा बढेर जान्छ । धेरै नुनका कारण मिर्गौला फेल हुनेसम्मको खतरा हुन्छ ।

विशेषज्ञका अनुसार खानपिनमा धेरै सोडियम लिँदा निद्रा आउन पनि समस्या हुन्छ । कम निद्राले गर्दा मानसिक समस्या पनि हुन सक्छन् ।

डाक्टरको भनाई छ- धेरै नुनको सेवन गर्दा हड्डी पनि कमजोर हुन थाल्छन् । जब हामीले सोडियमको मात्रा धेरै लिन्छौं, यसले हड्डीलाई भित्री रुपमा कमजोर बनाउन थाल्छ । यसले हड्डी खुकुलो हुन्छ र कम उमेरमै कम्मर, घुँडा लगायत दुख्ने समस्या सुरु हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ व्यक्तिले प्रतिदिन पाँच ग्राम नुनको सेवन गर्नुपर्दछ । सजिलो भाषामा भन्नुपर्दा एक व्यक्तिले दिनमा एक चम्चा भन्दा धेरै नुन खानु हुँदैन ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टमा विज्ञको भनाई छ, ‘सामान्य रुपमा घरमा मानिसले नुन सन्तुलित ढंगले खाएका हुन्छन् । तर जंक फुड, चिप्स जस्ता खानाका कारण नुनको मात्रा अत्यधिक हुन्छ । त्यसैले यस्ता खाना धेरै खाने व्यक्ति सावधान हुनुपर्ने हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved